Gadgets
सुरुमा हेर्दा एप्पलको होइन भन्नै नसक्ने गरेर उस्तै छ। डिजाइन, स्टाइल, स्क्रिन र रंग सबै उस्तै।
ठ्याक्कै आइफोन देखिने फोन हो चाहिँ हनीकम्बको।
अनलक गर्ने स्टाइल पनि एप्पलकै आइफोनको जस्तो
फोनको पछाडीको भागमा रहेको हनीकम्बको लोगोले मात्र यसलाई आइफोन भन्दा फरक देखाउँछ।
सामसुङ ग्यालेक्सी नोट २
सामसुङले युरोपेली इलेक्ट्रोनिक्स मेला आएफए २०१२ मा बहुप्रतिक्षित ट्याब्लेट फोन ग्यालेक्सी नोट २ सार्वजनिक गरेको छ।फोन र ट्याब्लेट दुवैको फिचर रहेको ग्यालेक्सी नोट फ्याब्लेटका रुपमा लोकप्रिय रहेको छ।अक्टोबरमा बजारमा उपलब्ध हुने ट्याब्लेट फोनमा ५.५ इन्चको १६:९ रेसियोको एचडी सुपर एमोएलइडी स्क्रिन छ।
यसमा १.६ गिगाहर्जको क्वाडकोर प्रोसेसर र २ जीबी र्याम रहेको छ। जसले स्मार्टफोन र ट्याब्लेटको रुपमा प्रयोगगर्दा प्रयोगकर्तालाई द्रूत महसुस हुन्छ। जुन मार्बल हृवाइट र टिटानियम ग्रे गरि दुई रंगमा उपलब्ध छ।
यो नोट पछिल्लो भर्सनको एन्ड्रोइड ४.१ जेली बिन अपरेटिङ सिस्टममा चल्नेछ।जसमा एस पेन सपोर्ट रहेको छ।
ग्यालेक्सी नोट २ मा ८ मेगापिक्सलको क्यामेरा छ भने १.९ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ।
माइक्रोम्याक्स क्यानभास A100
माइक्रोम्याक्स क्यानभास ए १०० पाँच इन्चको ठूलो डिस्प्ले रहेको स्मार्टफोन हो।
माइक्रोम्याक्स क्यानभास ए १०० को स्क्रिन ४८०, ८५४ को रिजोलुसनको छ।
डुअल सिम युक्त फोनमा अपरेटिङ सिस्टम एन्ड्रोइड आइसक्रिम स्याण्डवीच रहेको छ।
यसमा एलइडी फ्ल्यास साथै ०.३ मेगा पिक्सलको फ्रन्ट फेस क्यामेरा पनि छ।
एक गीगाहर्जको डुअल कोर प्रोसेसर रहेको फोनमा ५ मेगा पिक्सलको क्यामेरा छ।
२००० एमएएच लिओन ब्याट्रि रहेको फोनमा ५ घण्टा लगातार कुराकानी गर्न सकिन्छ।
iPhone भन्दा सस्तो र राम्रो फोन MI 2
अमेरिकी आइफोनलाई स्मार्ट फोनको बजारमा चिनियाँ टक्करको सामना गर्नुपर्ने भएको छ। चिनियाँ स्मार्ट फोन कम्पनी जिओमी टेक्नोलोजीले आइफोनलाई टक्कर दिने स्मार्ट फोन मी टु को दोस्रो संस्करण सार्वजनिक गरेको छ। चाइना डेलीले जनाए अनुसार बिहिबार सार्वजनिक गरेको फोन अक्टोबर देखी चिनियाँ बजारमा उपलब्ध हुनेछ। जीओमी चिनमा स्थापित मोबाइल उत्पादक कम्पनी हो। यस अघि पश्चिमा मोबाइल फोन कम्पनीका लागि प्रतिस्पर्धी चिनका साना साना कम्पनी हुने गर्दथे। बजार विश्लेषकहरुका अनुसार जिओमी टेक्नोलोजीले आफूलाई आइफोनको निर्माता एप्पलको बजार हिस्सा खोस्ने खालको बनाइसकेको छ।उसले बिहिबार सार्वजनिक गरेको मिओन स्मार्टफोन मी टु जिओमीको दाबी अनुसार एप्पल भन्दा धेरै गुणा उत्कृष्ट छ। बजार विश्लेषक यस फोनका बारेमा उपभोक्ताले महशुस गर्ने पहिलो उत्कृष्ट र आकर्ष कुरा भनेको यसको मुल्य नै हुनेछ। चिनियाँ आइफोनको नाम पाएको स्मार्टफोनको मुल्य आइफोनको तुलनामा आधा छ। अक्टोबरमा यो फोन तीनसय १० डलरमा उपलब्ध हुनेछ। यसले चिनमा आइफोनको बजारलाई घटाइदिने अनुमान गरिएको छ। जिओमीले स्मार्ट फोन बनाउन दुई वर्ष अगाडिबाट सुरु गरेको हो। अहिले यो कम्पनीको मूल्य अहिले ब्ल्याक बेरी फोन निर्माता रिर्सच इन मोसन भन्दा धेरै रहेको बताइन्छ। जीओमीले यस वर्षो पहिलो ६ महिनामा १ बिलियन डलरको कारोबार गरिसकेको छ। यसक्रममा उसले ३० लाख भन्दा बढी फोन बेचिसकेको छ।
चिन आइफोनको दोस्रो ठूलो बजार हो। यस वर्षो जनवरी देखी मार्च महिना सम्ममा मात्र चिन निर्यात भएका स्मार्ट फोनमा एप्पलको हिस्सा १७ दशमलव तीन प्रतिशत थियो। चिन निर्यात हुने स्मार्ट फोनमा एप्पल दोस्रो स्थानमा छ सामसुङ १९ दशमलव २ प्रतिशत हिस्साका साथ चिन निर्यात हुने स्मार्टफोनमा एक नम्बरमा छ। गत वर्षचिनमा दुईसय डलर भन्दा कम मुल्यका स्मार्टफोनले बजारको ४० प्रतिशत हिस्सा कब्जा गरेका छन्। सातसय डलर मुल्यका मोबाइल डिभाइसको बजार हिस्सा चिनमा जम्मा ११ प्रतिशत रहेको छ। चाइना डेलीले संघाइको कन्सल्टेन्सी रेडटेक एडभाइजर्सका म्यानेजिङ डाइरेक्टरलाई उदृत गर्दै चिनियाँ स्मार्ट फोनका सबै भन्दा राम्रो पक्ष चिनमा यो १३० देखी २४० डलरमा पाउनु रहेको बताएको छ।
चिनियाँ आइफोन #MI2, #Chinese iPhone
चिनियाँ कम्पनी जिओमी टेक्नोलोजीले बिहिबार सार्वजनिक गरेको स्मार्ट फोन मी टु। यो फोनले विश्व बजारमा आइफोनलाई प्रतिस्पर्धामा हराउने अनुमान गरिएको छ। अक्टोबर देखी बजारमा उपलब्ध हुने मी टु फोन अहिलेको आइफोन फोर भन्दा धेरै कुरामा उत्कृष्ठ रहेको विश्लेषकहरुले बताएका छन्। क्वाड कोर प्रोसेसर र आठ मेगा पिक्सलको क्यामेरा रहेको मी टुमा एप्पलको आइफोनमा जस्तै भ्वाइस एसिस्टेन्ट छ। स्मार्ट फोन मी टु को सबै भन्दा राम्रो पक्ष चिनमा यो ३१० डलरमा पाउनु रहेको छ। दुई वर्षअगाडि देखी स्मार्ट फोन उत्पादनमा लागेको जिओमी टेक्नोलोजीले यस वर्षको पहिलो ६ महिनामा ३० लाख भन्दा बढी फोन बेचिसकेको छ।
स्मार्ट पछि सुपर फोन
तार भएको ल्याण्डलाइन पछि मोबाइल फोन मात्र सुनेका नेपालीका बीच आइफोनले साह्रै चर्चा पायो। अमेरिकामा बस्नेले अनलक गरेर पठाएका आइफोनको शान टिक्न नपाउँदै हातहातै हुने गरे स्मार्ट फोनले युवावर्गबीच राम्रो बजार र बिजनेस पायो। नेपालीमा चतुर अर्थ लाग्ने स्मार्ट फोनका स्मार्ट प्रविधि र एप्लिकेसनको प्रयोगबाट आफूलाई स्मार्ट बनाउने बढिरहेको बेलामा भारतीय कम्पनी माइक्रोम्याक्सले भने सुपर फोन ‘A84 सुपरफोन’ बजारमा ल्याएको छ।लोकप्रिय फिल्मी पात्र सुपरम्यानको प्रभाव कम हुँदै गएको बेलामा सुपरफोन आएको छ। यो फिचर फोन भनिने अघिल्लो पुस्ताको फोन वा नयाँ प्रविधि र सेवाका साथ आएको स्मार्ट फोन जस्तो फरक वर्गको फोन भने होइन। यो सुपर फोन स्मार्ट फोनका रुपमा भारतीय मोबाइल उत्पादक माइक्रोम्याक्सले ल्याएको नयाँ सेट हो। माइक्रोम्यासको यो ‘A84 सुपरफोन’ फोन एण्ड्रोइड अपरेटिङ सिस्टम २.३ जिन्जरब्रेडमा आधारित फोन हो। जसको मुल्य नेपालमा १५ हजार हाराहारीको हुनेछ। जसमा १०.१ सेमीको मल्टीटच स्क्रिन रहेको छ। को प्रोसेसर रहेको फोनमा माइक्रोम्याक्स भ्वाइस एसिस्टेन्ट ‘आयशा’ रहेको छ। ५ मेगा पिक्सलको एलइडी फ्ल्यास सहितको क्यामेरा रहेको फोनको अघिल्लो भागमा भने ०.३ मेगा पिक्सलको क्यामेरा जडित छ। १६३० एमएएचको ब्याट्री रहेको फोनले कम्तिमा ५ घण्टाको टक टाइम दिन्छ। ३२ जीबी सम्म मेमोरी बढाउन सकिने फोनमा कनेक्टीभीटीका लागि ब्लुटुथ २.१, वाइफाइ, र थ्रीजी फीचर रहेको छ। यसको अर्को विशेषता भनेको जीपीएस हो।Features Highlights:
Operating System: Android 2.3 (Gingerbread)
Display: 10.1cm IPS WVGA, with Multi Touch Screen
Processor: 1 GHz
Camera: 5MP
Connectivity: Bluetooth 2.1, Wi-Fi, 3G, USB 2.0
Expandable Memory: 32 GB
नोकिया प्योरभ्यू ८०८
नोकिया प्योरभ्यू ८०८ फोटोग्राफीको अनुपम अवसर सहितको मोबाइल फोन हो। यसमा ४ इन्चको डिस्प्ले रहेको छ भने ५१२ एमबीको र्याम। १६ जीबीको इन्टर्नल मेमोरी रहेको फोनको विशेषता भनेको नै यसमा रहेको ४१ मेगापिक्सलको क्यामेरा हो। जसले अहिले सम्म बजारमा उपलब्ध मोबाइल फोन भन्दा विशेष बनाएको छ। प्रसिद्ध कार्ल जेशिज लेन्स रहेको क्यामेरा सहितको यो फोन उत्कृष्ट फोटोग्राफी सहित क्यामेरा फोन हो।
नोकिया आशा 201
नोकिया आशा 201 क्वर्टी कीबोर्ड युक्त क्याण्डीबार म्यासेजिङ फोन हो। 2.4 इन्चको कलर डिस्प्ले रहेको फोनमा ब्लुटुथ, 2 मेगा पिक्सल क्यामेरा, सोसल नेटवर्क, इन्स्ट्यान्ट म्यासेजिङ लगाएतका सुविधा छ।डिजाइन
डिभाइस टाइप : फीचर फोन
र्फम फ्याक्टरः क्याण्डीबार
उचाइ/चौड़ाई/डेप्थ : 115.4/61.1/14 एमएम
वजन : 105 ग्राम
डिस्प्ले
साइज : 2.40 इंच
रिजोलुसन: 320/240 पिक्सल्स
पिक्सल डेन्सिटी : 167 पीपीआई
टेक्नोलोजी : एलसीडी
टच स्क्रीन : छ
ब्याट्री
टक टाइम : 7 घण्टा
स्ट्याण्ड बाइटाइम : 880 घण्टा
क्यापासिटी: 1320 एमएएच
हार्डवेयर
सिस्टम मेमोरी : 32 एमबी र्याम/64 एमबी रोम
बिल्ट-इन स्टोरेज : 10 एमबी
स्टोरेज एक्सपांशन
स्लटटाइप : माइक्रोएसडी, माइक्रो एसडीएचसी
मैक्सिमम कार्ड साइज : 32 जीबी
क्यामेरा
क्यामेरा : 2 मेगा पिक्सल्स
फिचर्स: डिजिटल जुम, सेल्फ-टाइमर
क्यामकोर्डर: 176/144 पिक्सल 10 एफपीएस
मल्टी मीडिया
म्यूजिक प्लेयर :
फिल्टर बाइ : एल्बम, आर्टिस्ट
फिचर्स: एल्बम आर्ट कवर
रेडियो : एफएम, स्टेरियो, आरडीएस, रेकर्डिङ अप्शन
स्पीकर : इयरपीस, लाउडस्पीकर
इन्टरनेट ब्राउजिङ
ब्राउजर : छ
सपोर्ट्स : एचटीएमएल, एक्सएचटीएमएल, वाप 2.0, फ्ल्यास लाइट, सीएसएस 2.1, जाभा स्क्रिप्ट 1.8
बिल्ट-इन अनलाइन सर्भिसेस सपोर्ट : फेसबुक
टेक्नोलोजी
जीएसएम : 900, 1800 मेगाहर्ज
डाटा: ईडीजीई, जीपीआरएस
फोन फिचर्स
अर्गनाइजरः
म्यासेजिङ: एसएमएस, एमएमएस
इमेल : आईम्याप, पप 3, एसएमटीपी
कनेक्टिभिटी
ब्लुटुथः 2.1 ईडीआर
युएसबी : युएसबी 2.0
कनेक्टर : माइक्रो यूएसबी
फिचर्स: मास स्टोरेज डिभाइस, युएसबी चार्जिङ
अन्य फिचर्स
नोटिफिकेसनहरू: म्यूजिक रिंगटोन्स, पोलीफोनिक रिंगटोन्स, भाइब्रेसन, फ्लाइट मोड, साइलेन्ट मोड।
गूगल नेक्सस एस 4 जी
गूगल नेक्सस एस 4 जी (Google Nexus S 4 G) नेक्ससकै अपग्रेडेड भर्सनको फोन हो। तर यसमा रहेका धेरै सुविधा सामसुङ ग्यालेक्सी एसको जस्तै छ। जसमा पछिल्ला गुगलका मोबाइल एप्सहरु इन्स्टल भएका छन्। यसमा गूगलको नयाँ भर्सनको एन्ड्रोइड अपरेटिङ सिस्टम जिंजर ब्रेड रहेको छ। यसको एक गीगाहर्जको प्रोसेसरले फोनको गतिलाई द्रुत बनाउँछ। यसमा रहेका अरू फिचरहरूमा 4 इंच का सुपर अमोल्ड डिस्प्ले उल्लेख्य छ। हल्का कर्व्ड मोबाइलमा 5 मेगा पिक्सलको क्यामेरा छ भने यसमा रहेको नियर फील्ड कम्यूनिकेशन (Near-Field Communication,NFC), हट स्पट र वाइफाइ रहेको फोनमा इन्टरनेट कलिङ (भिओआइपी /एसआइपी) रहेको छ।सबल पक्षः
* फास्ट मोबाइल डाटा सपोर्ट (4 जी)
* फास्ट प्रोसेसर (1000 मेगाहर्ज)
कमजोर पक्षः
* मेमोरी स्टोरेज बढ़ाउनका लागी माइक्रो एसडी स्लट छैन।
डिजाइन :
डिभाइस टाइप : स्मार्ट फोन
अपरेटिङ सिस्टम : एन्ड्रोइड (2.3.7, 2.3)
र्फम फ्याक्टरः क्याण्डीबार
उचाइ/चौड़ाई/डेप्थ : 124/63/11 एमएम
वजन : 130 ग्राम
डिस्प्ले :
आकार : 4 इन्च
रिजोलुसन: 480/800 पिक्सल
पिक्सल डेन्सिटी : 233 पीपीआई
टेक्नोलोजी : सुपर अमोल्ड
टच स्क्रीन : क्यापेसिटिभ, मल्टी-टच
फिचर्स: लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर
ब्याट्री :
टक टाइम : 6 घण्टा
क्यापासिटी: 1500 एमएएच
हार्डवेयर :
प्रोसेसर : सिंगल कोर, 1000 मेगाहर्ज, कोरटेक्स ए8, (हमिंगब्रिड)
ग्राफिक्स प्रोसेसर : छ
सिस्टम मेमोरी : 512 एमबी र्याम
बिल्ट-इन स्टोरेज : 16 हजार एमबी
क्यामेरा :
क्यामेरा : 5 मेगा पिक्सल
फ्ल्यास : एलईडी
एपर्चर साइज : F 2.6
फिचर्स: अटो फोकस
क्यामकोर्डर: 720/480 (डीभीडी) (30 एफपीएस)
फिचर्स: भिडियो लाइट, भिडियो कलिङ
फ्रन्ट फेसिङ क्यामेरा: 0.3 मेगा पिक्सल्स भीजीए
मल्टिमिडिया :
स्पीकर : इयरपीस, लाउड स्पीकर
युट्युब प्लेयर : छ
इन्टरनेट ब्राउजिङ :
ब्राउजर : छ
सपोर्ट्स : एचटीएमएल, फ्ल्यास
टेक्नोलोजी :
सीडीएमए : 800, 1900 मेगाहर्ज
डाटा: वाइम्याक्स
पोजीशनिंग : ए-जीपीएस
नेभीगेसन : छ
फोन फिचर्स :
फोन बुक : अनलिमिटेड इन्ट्रिज , कलर ग्रुप्स, पिक्चर आईडी, रिंग आईडी।
अर्गनाइजरः म्यासेजिङ: एसएमएस, एमएमएस, थ्रेडेड भ्यू, प्रिडेक्टिभ टेक्स्ट इनपुट।
इमेल : आईम्याप, पप3, एसएमटीपी, माइक्रोसफ्ट एक्सचेंज
कनेक्टिभिटी :
ब्लुटुथः 2.1 ईडीआर
वाई-फाई : 802.11 भी, जी, एन
मोबाइल हट स्पट : छ
यूएसबी : यूएसबी 2.0
कनेक्टर : माइक्रो यूएसबी
फिचर्स: मास स्टोरेज डिवाइस, यूएसबी चार्जिंग
एनएफसी, डीएलएनए, कंप्यूटर सिंक, ओटीए सिंक,
अन्य फिचर्स :
नोटिफिकेसनहरू: हैप्टिक फीडब्याक, म्यूजिक रिंगटोन्स (एमपी 3), पोलीफोनिक रिंगटोन्स, भाइब्रेसन, फ्लाइट मोड, स्पीकर फोन
सेन्सर : एक्सलेरोमीटर, जायरोस्कोप, कम्पास
हेयरीङ एड कम्प्याटिबिलिटी : एम4, भ्वाइस डायलिंग, भ्वाइस कमांड्स, भ्वाइस रेकर्डिङ
माइक्रोम्याक्स एक्स २५९
ग्रीन फोनका रुपमा माइक्रोम्याक्स एक्स २५९ लाई लिइन्छ। भारतीय मोबाइल फोन निर्माताले उत्पादन गरेको सेटमा सोलार प्यानल जडित छ जसले घामबाट नै फोन चार्ज गर्दछ।
नोकिया आशा ३०५
नोकिया आशा ३०५
आयो घामबाट चार्ज हुने मोबाइल
भारतीय मोबाइल उत्पादक माइक्रोम्याक्सले कम मुल्यको सोलार फोन सार्वजनिक गरेको छ। ग्रीन फोनका रुपमा माइक्रोम्याक्सले एक्स २५९ मोबाइल भारतीय फोन बजारमा ल्याएको हो। यो मोबाइल सेट सोलार प्यानल जडित छ जसले घामबाट नै फोन चार्ज गर्दछ। मोबाइल सेटको पछिल्लो भागमा सोलार प्यानल छ जसले ग्रामिण भेगमा विद्युतको समस्या भोग्ने मोबाइल प्रयोगकर्तालाई मोबाइल चलाउन सहज हुनेछ। फोनमा १००० एमएएच लिओन ब्याट्रीले करिब २०० घण्टाको स्ट्याण्डबाइ र ४ घण्टाको टक टाइम दिन्छ। फोनमा २.३ इन्चको क्यूभिजिए स्क्रिन रहेको छ भने २४० बाइ ३२० रिजोलुसन। दुई सीम लाग्ने फोनमा तस्विर, भिडियो, म्यूजिक साथै ब्लुटुथको सुविधा रहेको छ। यसमा ८ जीबी सम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ। फोनमा ०.३ मेगा पिक्सलको क्यामेरा छ। माइक्रोम्याक्स विश्वको १२ औं ठूलो मोबाइल सेट निर्माता हो।फोनको अग्रभाग
- दुई सीमकार्ड (Dual Sim)
- २.४ इन्चको डिस्प्ले
- ०.३ मेगा पिक्सल क्यामेरा
- १००० सर्म्पर्क अट्ने फोनबुक
- ८ जीबी सम्मको मेमोरी कार्ड लाग्ने
- म्यूजिक प्लेयर
- ब्लुटुथ
- एफएम रेडियो (रेकर्डिङ सुविधा सहित)
- ३.५ एमएमको अडियो ज्याक
- भाइब्रेसन, एमपीथ्री रिङटोन
- सोलार चार्जर
- १००० एमएएच लिओन ब्याट्री
- ४ घण्टा भन्दा बढी समय सम्म फोनमा कुराकानी गर्न सकिने
- २०० घण्टा सम्म फोन खुला राख्न सकिने
- 118X50X16 mm को आयाम
साउनमा स्मार्ट ग्यालेक्सी एस थ्री
विश्वभर स्मार्ट फोन बजारमा तहल्का मच्चाएको सामसुङको ग्यालेक्सी एस थ्री नेपाली उपभोक्ताले साउनमा बजारबाट खरिद गर्न सक्ने छन्। सामसुङ मोबाइलको आधिकारिक वितरक इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले ग्यालेक्सी एस थ्री स्मार्ट फोन साउनदेखि बजारमा उपलब्ध हुने जनाएको छ। यद्यपि यो फोन मोबाइल सेवा प्रदायक कम्पनी एनसेले प्रो प्रिमियम सेवाका साथ १२ महिने किस्तामा उपलब्ध भइसकेको छ। जसमा उपभोक्ताले मासिक ६ हजार चार सय ९९ किस्तामा फोन लिन सक्नेछन्। इन्टरनेसनल मार्केटिङले परिष्कृत स्मार्टफोनको अपेक्षा र आशा राखिएको समयमा ग्यालेक्सी एस थ्री अन्य स्मार्ट फोनभन्दा द्रुत, शक्तिशाली र धेरै विशेषताले भरिएको जनाएको छ।चार दशमलव आठ इन्चको वाइड एचडी सुपर अमोलेड स्क्रिन रहेको ग्यालेक्सी एस थ्रीमा एक दशमलव चार गिगाहर्जको क्वाड कोर एक्सिनोस प्रोसेसर रहेको छ। फोनमा पछिल्लो संस्करणको एन्ड्रोइड आइसक्रिम स्यान्डविच छ। यो फोनको विशेषता भनेको अनुहारको पहिचानबाट फोन बन्द तथा खोल्न सकिनु हो। फोनमा रहेको १६ जीबी इनब्युल्ट स्टोरेज क्षमतालाई बढाएर ६४ जीबीसम्म बनाउन सकिन्छ। यसमा आवाजको माध्यमबाट विभिन्न आदेश दिन सकिन्छ। अंग्रेजी भाषामा दिएका आदेशअनुसार फोन डायल गर्ने, अलार्म सेट गर्नेलगायतका काम गर्न सकिने इन्टरनेसनल मार्केटिङले जनाएको छ।
सोसल ट्याग सिस्टम रहेको फोनमा सम्पर्क नम्बर सेभ भएका व्यक्तिका पछिल्ला स्टाटस अपडेट गर्छ। यसमा आठ मेगापिक्सल क्यामेरा रहेको छ जसले फुल एचडीमा भिडियो रेकर्ड गर्न सक्छ। ‘डिजाइन्ड फर ह्युम्यान्स, इन्स्पायर्ड बाइ नेचर’को नारामा निर्माण गरिएको ग्यालेक्सी एस थ्रीको विशेषता ग्रुप कास्ट, सेयर सट, एस बिम, एस भ्वाइस, स्मार्ट स्टे, ब्रस्ट सट र पप अप प्ले हो। फोनमा इन्टरनेट चलाउँदै गर्दा स्क्रिनको अर्को छेउमा म्युजिक भिडियो हेर्न सकिन्छ।
हुवाइ मीडिया प्याड ७ लाइट
घरमा थियटरको मज्जा र ट्याब्लेटको आनन्द लिन चाहनुहुन्छ भने तपाइँका लागि उपयुक्त ग्याजेट हो हुवाइको मीडिया प्याड ७ लाइट। हुवाइ मीडिया प्याड ७ लाइट ट्याब्लेट ७ इन्चको आईपीएस डिस्प्ले भएको ट्याब्लेट हो। जसमा इन्टरनेट चलाउनका लागि थ्री जी कनेक्टिभिटी र वाइ-फाइ सुविधा रेहेको छ। जसमा रहेको १८०० पी सिनेमा थिएटरको अनुभव हुने गरि हेर्न सकिन्छ। मेटल बडी भएको यो ट्याब्लेट आकारको हिसाबले सानो र बलियो पनि छ।विशेषता
डिभाइस टाइप: ट्याब्लेट
अपरेटिङ सिस्टम: एन्ड्रोइड
डिस्प्ले
आकार: ७ इन्च
टेक्नोलोजी: आईपीएस एलसीडी
टच स्क्रीन: क्यापेसिटिभ, मल्टी-टच
फीचर्स : लाइट सेन्सर
क्यामेरा
क्यामेरा: ३.२ मेगा पिक्सल रेयर र ०.३ फ्रन्ट फेस
क्यामकर्डर: छ
फीचर्स : भिडियो कलिङ
इंटरनेट ब्राउजिङ
ब्राउजर : छ
सपोर्ट्स : एचटीएमएल, एचटीएमएल ५, फ्ल्याश
बिउन्ट-इन अनलाइन सर्भिसेज सपोर्ट : यूट्यूब ९अपलोड०, पिकासा
टेक्नोलोजी
जीएसएम : ८५०र९००र१८००र१९०० मेगाहर्ज
यूएमटीएस: ९००र२१०० मेगाहर्ज
पोजीसनिङ: जीपीएस
नेभिगेसन: छ
कनेक्टिभिटी
ब्लूटूथ/वाइ फाइ/युएसबी
फिचर्स: मास स्टोरेज डिभाइसरकम्प्युटर सिन्क, ओटीए सिन्क
ब्याट्री
४१०० एमएएच
सामसुङ ग्यालेक्सी नोट २
सामसुङले युरोपेली इलेक्ट्रोनिक्स मेला आएफए २०१२ मा बहुप्रतिक्षित ट्याब्लेट फोन ग्यालेक्सी नोट २ सार्वजनिक गरेको छ।फोन र ट्याब्लेट दुवैको फिचर रहेको ग्यालेक्सी नोट फ्याब्लेटका रुपमा लोकप्रिय रहेको छ।यसमा १.६ गिगाहर्जको क्वाडकोर प्रोसेसर र २ जीबी र्याम रहेको छ। जसले स्मार्टफोन र ट्याब्लेटको रुपमा प्रयोगगर्दा प्रयोगकर्तालाई द्रूत महसुस हुन्छ। जुन मार्बल हृवाइट र टिटानियम ग्रे गरि दुई रंगमा उपलब्ध छ।
यो नोट पछिल्लो भर्सनको एन्ड्रोइड ४.१ जेली बिन अपरेटिङ सिस्टममा चल्नेछ।जसमा एस पेन सपोर्ट रहेको छ।
ग्यालेक्सी नोट २ मा ८ मेगापिक्सलको क्यामेरा छ भने १.९ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ।
ट्याब्लेट Si7 slim
ट्याब्लेट र स्मार्ट फोनको चर्चा पत्रपत्रिका र वेबसाइटमा सुने पनि मुल्यको कारण किन्न सक्नु भएको छैन भने तपाइँका लागि सुखद खबर छ। गीत, संगीत, इन्टरनेट साथै विभिन्न खेलको मज्जा लिन सकिने ट्याब्लेट सात हजारमा नै उपलब्ध छ। काठमाडौं र मुलुकका विभिन्न प्रमुख सहरमा यतिखेर सबै भन्दा सस्तो ट्याब्लेट आइसकेको छ। त्यो पनि एउटा फिचर फोनको मुल्यमा। जम्मा ७ हजार ५ सय २२ मा नै उपलब्ध छ अहिले ट्याब्लेट। यसको सबल पक्ष भनेको यसको मुल्य हो। यो बजारमा उपलब्ध स्मार्ट फोन, टयाब्लेट र अन्य एन्ड्रोइड डिभाइस मध्येमा सस्तो हो।
हार्डवेयर
प्रोसेसरः (सीपीयु / जीपीयु / भीपीयु / एपीयु) कोर्टक्स ए८ १.५ जीगाहर्ज
र्याम : डीडीआर थ्री ५१२ एमबी
इर्न्टनल मेमोरीः ८ जीबी (३२ जीबी सम्म बढाउन सकिने)
डिस्प्लेः ७.० इन्चको एलसीडी
पोर्टः २४ पीनको युएसबी स्विच इन्टरफेस, इयरफोन, माइक, एसी चार्जर, टीएफ कार्डरिडर
वायरलेस नेटवर्कः वाइफाइ ८०२.११ बी, जी, एन /थ्री जी
ग्र्याभिटि सेन्सर: छ, चार दिशामै
अडियो आउटपुटः स्टेरियो स्पिकर, ३.५ एमएमको स्टेरियो इयरफोन पोर्ट
सफ्टवेयर सपोर्टः
एन्ड्रोइडको ४.० आइसक्रिम स्याण्डबीच अपरेटिङ सिस्टम भएको यस ट्याब्लेटले फर्म्याटका भिडियो, फर्म्याटका अडियो सपोर्ट गर्छ। साथै यसमा रहेको फोटो भ्यूअरले फर्म्याटका फोटो डिस्प्ले गर्छ भने टेक्स्ट भ्यूअर साथै टेक्स्ट टु भ्वाइस सुविधा पनि छ। युसी वेब र इन्टरनेट एक्स्प्लोरर ब्राउजर रहेको ट्याब्लेटमा अफिस प्याकेजका वर्ड, एक्सेल, पावर प्वाइन्ट चलाउन सकिन्छ।
ब्याट्रीः ३००० एमएएचको लिथिएम लिओन बयाट्रीले कम्तिमा ४ घण्टाको ब्याकअप दिन्छ।
यो हो सबै भन्दा सस्तो ट्याब्लेट
ट्याब्लेट र स्मार्ट फोनको चर्चा पत्रपत्रिका र वेबसाइटमा सुने पनि मुल्यको कारण किन्न सक्नु भएको छैन भने तपाइँका लागि सुखद खबर छ। गीत, संगीत, इन्टरनेट साथै विभिन्न खेलको मज्जा लिन सकिने ट्याब्लेट सात हजारमा नै उपलब्ध छ। काठमाडौं र मुलुकका विभिन्न प्रमुख सहरमा यतिखेर सबै भन्दा सस्तो ट्याब्लेट आइसकेको छ। त्यो पनि एउटा फिचर फोनको मुल्यमा। जम्मा ७ हजार ५ सय २२ मा नै उपलब्ध छ अहिले ट्याब्लेट। पछिल्लो भर्सनको एन्ड्रोइड ४.० आइसक्रिम स्याण्डबीच अपरेटिङ सिस्टम रहेको फोन हेर्नुहोस्।हार्डवेयर
प्रोसेसरः (सीपीयु / जीपीयु / भीपीयु / एपीयु) कोर्टक्स ए८ १.५ जीगाहर्ज
र्याम : डीडीआर थ्री ५१२ एमबी
इर्न्टनल मेमोरीः ८ जीबी (३२ जीबी सम्म बढाउन सकिने)
डिस्प्लेः ७.० इन्चको एलसीडी
पोर्टः २४ पीनको युएसबी स्विच इन्टरफेस, इयरफोन, माइक, एसी चार्जर, टीएफ कार्डरिडर
वायरलेस नेटवर्कः वाइफाइ ८०२.११ बी, जी, एन /थ्री जी
ग्र्याभिटि सेन्सर: छ, चार दिशामै
अडियो आउटपुटः स्टेरियो स्पिकर, ३.५ एमएमको स्टेरियो इयरफोन पोर्ट
सफ्टवेयर सपोर्टः
एन्ड्रोइडको ४.० आइसक्रिम स्याण्डबीच अपरेटिङ सिस्टम भएको यस ट्याब्लेटले फर्म्याटका भिडियो, फर्म्याटका अडियो सपोर्ट गर्छ। साथै यसमा रहेको फोटो भ्यूअरले फर्म्याटका फोटो डिस्प्ले गर्छ भने टेक्स्ट भ्यूअर साथै टेक्स्ट टु भ्वाइस सुविधा पनि छ। युसी वेब र इन्टरनेट एक्स्प्लोरर ब्राउजर रहेको ट्याब्लेटमा अफिस प्याकेजका वर्ड, एक्सेल, पावर प्वाइन्ट चलाउन सकिन्छ।
ब्याट्रीः ३००० एमएएचको लिथिएम लिओन बयाट्रीले कम्तिमा ४ घण्टाको ब्याकअप दिन्छ।
ग्यालेक्सी नोट
ट्याब्लेट बजारमा अमेरीकी एप्पल र दक्षिण कोरियाली सामसुङबीच तिब्र प्रतिस्पर्धा छ। विश्वभरको ट्याब्लेट मार्केटमा कब्जा जमाएको एप्पललाई दबाबमा राख्दै बिहिबार सामसुङले महत्वाकांक्षी उत्पादन ग्यालेक्सी नोट १०.१ सार्वजनिक गरेको छ। बिहिबार बेलायत, अमेरिका र दक्षिण कोरियामा सार्वजनिक गरेको नोट छिटै विश्वबजारमा उत्रने छ। एप्पलको आइप्याडलाई टक्कर दिने आशा राखिएको यसमा १०.१ इन्चको स्क्रिन, स्प्लिट फिचर, २ जीबी रयाम रहेको छ। एन्ड्रोइडको पछिल्लो संस्करण जेली बीन रहेको ग्यालेक्सी नोट १०.१ मा दुई एप्स एकैसाथ चलाउन सकिन्छ। यसरी एकैसाथ दई एप्स चलाउँदा स्क्रिन आफै दुई भागमा बाँडिन्छ। यसमा रहेको क्वाड कोर प्रोसेसर १.४ गीगाहर्जको स्पिडको रहेको छ। जुन डुओल कोर भन्दा दोब्बर हो। ५ मेगा पिक्सलको क्यामेरा र १.९ मेगापिक्सलको फ्रन्ट फेस क्यामेरा रहेको ग्यालेक्सी नोट १०.१ मा फोटोसफ मार्फत फोटो सम्पादन पनि गर्न सकिन्छ। यसको अर्को विशेषता एस पेन हो। जसको माध्यमले यसमा स्क्रिनमा सिधै लेख्न सक्ने सुविधा रहेको छ। एसपेनमा रहेको साइड बटनले माउसको देब्रे बटनले जस्तै काम गर्छ। १६ र ३२ जीबीको गरि दुई मोडलमा आएको यसको मेमोरी क्षमता एसडी कार्ड प्रयोग गरेर बढाउन पनि सकिन्छ। नेपालमा आइपुग्दा १६ जीबीको ग्यालेक्सी नोट १०.१ ४० हजार र ३२ जीबी ५५ हजार (अनुमानित) पर्नेछ।ट्याब्लेटको बजारमा सामसुङको बजार हिस्सा जम्मा ९ दशमलव ९ प्रतिशत रहेको छ। यो साल २०१२ को पहिलो ६ महिनामा सामसुङले ४४ लाख ट्याब्लेट बेचेको छ। तर उसको सिधै प्रतिस्पर्धा हुने कम्पनी एप्पलले भने सोही समयमा तीन करोड आइप्याड बेच्न सफल भएको छ। आइप्याडले ट्याब्लेटको ६४ प्रतिशत बजार लिएको छ। त्यसैले ट्याब्लेट बजारमा राम्रो व्यवसायिक उपस्थितीका लागि दबाबमा रहेको सामसुङ आइप्याडको विशेषता र सुविधालाई उछिन्नका लागि प्रयासरत छ। यी दुवै कम्पनीका उत्पादनसँग जोडिएका पेटेन्टका विषयमा अमेरिका, वेलायत, जर्मनी लगायतका स्मार्टफोन र ट्याब्लेटका ठूला बजारमा विभिन्न मुद्दाहरु पर्ने गरेका छन्।
जेडटीई लाइट ट्याब ३००
जेडटीई लाइट ट्याब ३०० एउटा एन्ड्रोइड ट्याब्लेट हो जुन एन्ड्रोइड ४.० को क्यान्डिबार अपरेटिङ सिस्टमका साथ आएको छ। सात इन्चको डिस्प्ले रहेको यसको रिजोलुसन १२८०−८०० पिक्सल छ भने पिक्सल डेन्सिटी २१६ पीपीआई छ। वाइफाइ, ब्लुटुथ कनेक्टिभिटी भएको ट्याबमा पाँच मेगापिक्सलको अटोफोकस क्यामेरा छ, त्यो पनि फ्ल्यास सहितको।सबल पक्षः यस ट्याबको सबै भन्दा सबल पक्ष भनेको यसको र्याम हो। यो ट्याबमा एक हजार एमबीको र्याम रहेको छ। जसले ट्याब चलाउँदा एप्स र डकुमेन्टको सञ्चालन गतिलाई छिटो अनुभव गराउँछ।
कमजोर पक्षः
- यसमा मेमोरी बढाउनका लागि माइक्रो एसडी स्लट छैन।
- यसमा स्ट्याण्डर्ड (३.५ एमएम) हेडफोन ज्याक छैन।
- अटोमेटिक स्क्रिन ब्राइटनेस मिलाउनका लागि लाइट सेन्सरको कमी छ।
डिभाइस टाइपः ट्याब्लेट
अपरेटिड सिस्टमः एन्ड्रोइड ४.०
र्फम फ्याक्टरः क्याण्डीबार
डिस्प्ले
आकारः ७ इन्च
रिजोलुसनः १२८०X८०० पिक्सल
पिक्सल डेनिसिटीः २१६ पीपीआई
टच स्क्रिन: क्यापेसिटिभ
हार्डवेयर
सिस्टम मेमोरीः १००० एमबी र्याम
क्यामेरा
क्यामेराः ५ मेघापिक्सल
फ्ल्यासः छ
फिचर्सः अटो फोकस, जिओ ट्यागिङ
क्यामकोर्डरः छ
फिचर्सः भिडियो कलिङ
फ्रन्ट फेसिङ क्यामेराः २ मेगापिक्सल
मल्टिमिडिया :
म्यूजिक प्लेयर
छनौट प्रकारः एल्बम, आर्टिस्ट, प्लेलिस्ट
फिचर्सः एल्बम आर्ट कभर, ब्याग्राउण्ड प्लेब्याक
युट्युब प्लेयरः छ
इन्टरनेट ब्राउजिङ
डाटाः एचएसपीए, युएमटीएस, एडीजीइ, जीपीआरएस
पोजिसनिङ: जीपीएस
फोन फिचर्स
अर्गनाइजरः क्यालेन्डर, अलार्म, क्याल्कुलेटर
इमेलः आइएमपी, पीओपी ३, एसएमटीपी, पुस मेल
कनेक्टिभिटी :
ब्लुटुथः छ
वाइफाइः ८०२.११ बी, जी, एन
युएसबीः छ
फिचर्सः मास स्टोरेज डिभाइस, युएसबी चार्जिङ, कम्प्युटर सिंक, ओटीए सिंक
अन्य फिचर्सः
भ्वाइस कमाण्ड, भ्वाइस रेकर्डिङ